पार्टीकाे झन्डा ओढेको मान्छेले बोलेको मात्रै सही हुन्छ रविकाे लागि सबै एकजुट हाैँ निखित उप्रेती
पार्टीकाे झन्डा ओढेको मान्छेले बोलेको मात्रै सही हुन्छ रविकाे लागि सबै एकजुट हाैँ निखित उप्रेती
कलकार निखित उप्रेतीले राजनीतिक पार्टी र सरकारप्रति आक्रोश पोखेका छन् । शनिबार राजधानीमा आयोति कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टी र सरकारप्रति आक्रोश पोखेका हुन् ।
सत्य र न्यायकाे पक्षामा बाेल्नेहरूकाे अवस्था सञ्चारकर्मी रवि लामिछानेकाे जस्तै हुने बताए । उनले प्रश्न गरे- ‘आज हामी सबैले राजनीति पर्टीकाे झन्डा ओढ्न जरुरी छ र ? राजनीति पर्टीकाे झन्डा ओढेको मान्छेले बोलेको मान्त्रै सही हुन्छ ? र सही सावित गर्नलाई एउटा न एउटा राजनीतिक पार्टीको झन्डा ओढ्नै पर्छ ? विशुद्ध नेपालको झन्डामुनि बसेका कसैले सत्य बोल्न खोज्यो भने कुरा रविजीको मात्रै होइन तपाईँकाे पनि यहीँ अवस्था हुन सक्छ ।’
हामीले भाेट दिएर सत्तामा पुर्याएका व्यक्तिले नै हामीलाई धोका दिइरहको पनि बताए । उनले भने, ‘जसलाई हामीले भाेट दिएर सबैभन्दा माथिल्लो तहमा पुर्याएका छौँ, ठूलो सपना देखेर ठूलाे मान्छे बनाएका छौँ, उनीहरूले नै हामीलाई धोका दिइरहेका छन् ।’
उनले हामी बाठाे हुन मात्रै खाेजेरकाे तर मेहनति र सच्चा बन्न कहिल्यै पनि नखाेजेकाे बतए । ‘यो देशमा हामी पनि बाठो हुनुपर्छ भनेर आफ्नो बच्चाहरूलाई, आफूभन्दा जुनियरहरूलाई सबैले भन्छन् बाठो हुनुपर्छ, सबै व्यक्ति बाठाे हुन सक्छ ? बाठो व्यक्ति हुन प्रत्येक हाम्रो कर्तव्य होइन र ?, उनले भने, ‘मलाई जहाँसम्म लाग्छ बाठोको अर्थ अरूलाई लाटो बनाउने कोसिस गर्नु होइन ।’
बाठो बनेकै आधारमा हामीले चुने पनि शक्ति केन्द्रित भएर मान्छे आफू शक्तिशाली हुँदै जाने समेत बताए । ‘जब शक्ति केन्द्रित भएर मान्छे शक्तिशाली हुँदै जान्छन्, तब एक किसीमको नशामा डुब्दै जान्छ, नशाको आफ्नै प्रकृया छ, कति नशाहरू पिएर लाग्छ, कति नशा यस्तो हुन्छ कि त्यो ठाउँमा पुगेर बसेपछि नशाले तृप्त हुन्छ ।’ उनले भने,’सबै किसिमको नशामा एउटै रूप देखिन्छ, अर्को व्यक्ति पावरफुल भएकाे देख्न सकिँदैन, यो राजनीति परिपार्टीले ल्याइएको अहिलेको अवस्था हो ।’
उनले यहाँ ध्रुवसत्य भन्ने चिज नै नभएकाे पनि बताए । ‘यहाँ ध्रुवसत्यको कुरा गर्यौ भने एउटा पार्टीले भन्दिन्छ कुन चाहिँ ध्रुवको कुरा गनुभयो, यदि कमरेड ध्रुवको कुरा गर्नुभयो भने हामी मान्छौँ नत्र कुरा नराख्नुहोस्, अब ध्रुवसत्यलाई पनि पार्टीगत रूपमा लग्यौँ भने मात्रै त्यो सत्य हुन्छ’, उनले भने ।
राज्य नै राजनीतिक पार्टीभित्रकाे डर र त्रस चलिरहेकाे पनि बताए । उनले भने, ‘एउटा राजनीतिक दललाई मात्रै भन्दिन, यहाँ कुनै पनि सत्य निष्ठावन व्यक्ति र सहि पक्षमा मिडियामा काम गरेको मान्छेले न्यायको पहल गर्छ भने त्यसलाई कसरी खतमा पार्ने भनेर अर्का शक्ति लाग्छ ।’
शक्तिलाई केन्द्र बनाएर बसेको राजनीति पार्टीको लागि कसैले राम्राे काम गर्याे भने उसका लागि त्यो सैतेनि व्यवहार हुने पनि बताए । उनले भने, ‘रवि जस्तो त्यति स्ट्रोङ्ग व्यक्तिकाे त याे अवस्था परिदियाे भने अरू बोल्न नसक्ने मान्छे कति परिरहेका छन् यहाँ ?’
उनले कानूनमा लेखिएको कुरालाई व्याख्या गर्ने व्यक्ति नै गलत भएकाे पनि बताए । उनले भने, ‘कानूनमा जे लेखिए पनि त्यसलाई परिचाल गर्ने मान्छे त्यो ठाउँमा बसेका छन् भने कानूनले कसरी काम गर्ने गर्छ ? यो हामीले सोच्नु पर्ने कुरा हो ।’
देशकाे झन्डा भन्दा अरूकै झन्डा बलियाे भएकाे पनि उनले बताए । ‘हामीले नेपाली झन्डाको मुनि बसेर काम गरौँ, यहाँ नेपालकाे झन्डा भन्दा अरू नै झन्डा बलियाे भयाे, यो अवस्थाबाट रविजीलाई मात्रै होइन हामीलाई पनि आउन सक्छ ।’
कुनै व्यक्ति न्याय लागि लागे भने रविकाे जस्तै अवस्था हुने बताउँदै भने, ‘जसले अपराध गरेको हुन्छ उनीहरू डराउँछन्, उनलाई आफ्नो सत्ता व्यवस्था सारा गुमाउनु पर्ने हुन्छ ।’
सत्य पार्टीले आफ्नो गोजीमा राखेर हिँडिरहेकाे आराेप समेत लगाए । ‘पार्टीबाट स्टाम लागेपछि मात्रै मानवता हुन्छ ? सत्य भन्ने चिज त हरेक पार्टीले आफ्नो गोजीमा राखेर हिँडिरहेका छन् ।’ उनले भने, ‘सूर्य पूर्ववाट उदाउँछ भने भन्याे पनि यहाँ मानिँदैन, अर्का पार्टीले त्यो पार्टीले पूर्वबाट उदाउँछ भनेर हुन्छ, दुई इन्ज कम छ भनिदिन सक्छ ।’
रविकाे लागि चाँडै सबै एकजुट हुन आग्रह समेत गरे । उनले भने, ‘हामीले रविजीको सर्पोट गरौँ, हुन त यहाँ सही व्यक्ति र कुनै पनि पार्टीमा नलागेको व्यक्तिलाई अप्ठ्यारो छ, कानूनले सही तरिकाले नियर्ण गरोस्, रविको सत्य कुरा पनि जनता भएको ठाउँमा पुगोस् ।’
source https://www.news24nepal.tv/2019/08/24/559526?fbclid=IwAR0m72Js1ZMhadwWf9DRVi1_v98YlrUSOzRWk9CQL70fKKPlQUOpLId6_KY
Comments
Post a Comment
Please do not enter any spam link in the comment box