टीकापुर घटनाको चार वर्ष : कैलालीको सुरक्षा व्यवस्था कडा


टीकापुर घटनाको चार वर्ष  कैलालीको सुरक्षा व्यवस्था कडा


थारुवन प्रदेशको माग गर्दै जारी थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनाको आज ४ वर्ष पुगेको छ। ०७२ भदौ ७ गते अथात् आजकै दिन टीकापुरमा भएको उक्त घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकबहादुर साउँदको ज्यान गएको थियो। तर थारुवन प्रदेशको माग गर्दै फेरी आजबाट टीकापुरमा थरुहट÷थारुवानको सम्मेलन सुरु भएको छ।

स्थानीय प्रशासनले फेरि विगतको जस्तो घटना नदोहोरिओस् भन्ने उद्देश्यले उच्च सुरक्षा सर्तकता अपनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दराज बोहोराले टीकापुरमा कुनै किसिमको घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए।

उनले टीकापुरमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताए। टीकापुरमा केहीबेर अघि मात्र सम्मेलन सुरु भएको छ। थारुवन प्रदेशको माग गदै आएको थारु कल्याणकरणी सभाले फेरि टीकापुरबाट सोही मुद्दा उठाउदै संविधान संशोधन सहित थरुहट÷थारुवन स्वायत्त प्रदेशको माग गरेको छ।

‘थरुहट एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन, संविधान संशोधनसहित थरुहट÷थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन’ नै कार्यक्रमको नारा तय गरिएको छ।  सम्मेदलनामा सहभागी हुन पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका नेता बाबुराम भट्टराई पनि टीकापुर पुगेका छन्।

Comments

Popular posts from this blog

State Archimedes' principle with diagram | deeps knowledges

Poem on friendship

HEART | BLOOD CIRCULATION | TYPES OF BLOOD CIRCULATION | HEART BEAT-deepsknowledges